काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार प्रतितोला एक लाख ७५ हजार २००मा कारोबार भएको सुन आज तोलामा ८००ले बढेर एक लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ निर्धारण भएको छ । सोही परिमााण्को चाँदी मंगलबार प्रतितोला दुई हजार ५०मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया