नेपालगन्जमा टाटाको नयाँ इभीहरु सार्वजनिक, के-के छन् विशेषताहरु ?

लोकपथ
77
Shares

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभी, नेक्सन के३ इभी र टाटा टियागो इभी नेपालगन्जमा लन्च गरेको छ। 

नेपालगंजस्थित रुद्रप्रिया इन्टरनेस्नल शोरुमबाट बहुप्रतीक्षित गाडीहरू कर्भ इभी, नेक्सन के३ र टाटा टियागो इभी २०२५ लन्च गरेको हो  । 

सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती र टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथ नेपालगन्ज उप-महानगरपालिका मेयर प्रशान्त बिस्टलगाएतको सहभागी थियो ।

कार्यक्रममा बोल्दै  सिप्रदी  ट्रेडिङ्गका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले भने,‘आज टाटा इभीको नयाँ मोडलहरू नेपालगन्जमा लन्च गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ। कर्भ इभी डिजाइन, प्रिमियम फिल, सेफ्टी फिचर, उत्कृष्ट साउन्ड सिस्टम र सबैभन्दा महत्त्वपूर्ण नेपालको  बाटो घाटोलाई सुहाउने प्रिमियम गाडी भएकोले प्रिमियम एसयूभी लिन खोज्ने ग्राहकहरूको पहिलो रोजाइमा पर्नेमा हामी ढुक्क छौँ।’

त्यस्तै रुद्रप्रिया इन्टरनेस्नलका प्रबन्ध निर्देशक माधव शर्माले टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरू लन्च गर्न पाउँदा हर्षित भएको बताए। 

टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा र सिप्रदी बिक्रीपछिको सेवाको लागि सिप्रदी तत्पर लागिरहेको र ग्राहकहरूलाई टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नयाँ गाडीहरू ढुक्क भएर लिन आग्रह गरे। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?