राप्रपा सांसद कार्कीको प्रश्न– ‘नेपाल तस्करहरूको ट्रान्जिट पोइन्ट बनेको हो ?’ 

लोकपथ
294
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले के नेपाल तस्करहरूको ट्रान्जिट प्वाइन्ट बनेको हो भन्दै सरकारलाई प्रश्न गरेकी छन् । 

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन्  । यस्तो अवस्थामा नेपाली जनताको सहनशीलताको परीक्षा नलिन समेत सरकारलाई चेतावनी दिइन् । नेपाल दिन प्रतिदिन  तस्करहरूको जालोमा फसिहरेको उनको भनाइ छ । 

उनले भनिन्, ‘भ्रष्टाचारमा नेपालले नयाँ नयाँ कीर्तिमान कायम गरिराखेको छ । र हामी ठगीको उपाधिबाट घोषित भएका छौँ । म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु र सरकारलाई खबरदार भन्न चाहन्छु । सरकारले देशलाई कहाँ पुयाउन खोजेको हो ? ’ 

उनले यस्तै अवस्था भए सरकार मात्रै नभई देश नै खतरामा पर्ने उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?