‘ग्रेट हिमालयन ट्रेल’ का पदयात्रीको सहयोगमा सरकार उदासिन बन्यो : वामदेव गौतम

लोकपथ
56
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले ताप्लेजुङदेखि दार्चुलासम्म फैलिएको १७ जिल्लाको ग्रेट हिमालयन ट्रेलको पदयात्रामा निस्किएका १२ नेपाली महिलाको खर्च व्यवस्थापनमा सरकार उदासिन रहेको बताएका छन् । 

बुधबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पर्यटन क्षेत्रबाटै नेपाललाई चिनाउने उद्देश्य बोकेर यात्रामा गएका महिलाहरूको खर्च व्यवस्थापन सरकारले गर्नुपर्ने बताए । उनले एक हजार सात सय लामो पदयात्रा विकटता तथा मौसमका कारणले चुनौतीपूर्ण रहेको भन्दै पदयात्रीको आवश्यक सुरक्षाको व्यवस्था मिलाउनु पर्ने बताए । 

उनले भने, ‘नागरिक स्तरबाट नेपाली महिलाले नेपालका १७ हिमाली जिल्लामा फैलिएको ग्रेट हिमालयन ट्रेलको पदयात्रा गर्नु अत्यन्त सह्रानीय काम हो । ताप्लेजुङदेखि दार्चुलासम्म फैलिएको १७ सय किलोमिटर लामो यो पदमार्ग विकटता, उचाइ तथा मौसमलगायतका कारण निकै चुनौतीपूर्ण मानिन्छ यस्तो चुनौतीपूर्ण यात्रामा नागरिकस्तरबाटै आफ्नो खर्च व्यवस्थापनमा चल्नुपर्ने पर्ने पदयात्रामा सामेल सदस्यहरूले सुनाउँदा सरकार उदासिन भएको हो कि भन्ने लागेको छ । पर्यटन क्षेत्रबाटै नेपाललाई चिनाउने उद्देश्य राखेर निस्किएका महिलाहरूलाई खर्चको व्यवस्थापनको जिम्मा नेपाल सरकारले दिनुपर्थ्यो भन्ने मेरो मान्यता छ । यो यात्रामा निस्किएका पदयात्रीको सुरक्षामा कुनै अभाव हुन नदिनका लागि सरकारले आवश्यक सुरक्षा प्रबन्धसाथै हवाई गस्तीको व्यवस्था पनि गर्नुपर्छ ।’

राष्ट्रिय सभा सदस्य गौतमले चैत ३ गते पदयात्राका लागि हिँडेका १२ महिला पदयात्रीहरूको दैनिक यात्रामा सबै प्रकारका सहयोग र स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरे । उनले पदयात्रीहरूको सफलतापछि नेपालले ठूलो उपलब्धि हासिल गर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?