राज्यकोष र निजीबाट तलब खानेको २ प्रतिशत रकम स्वास्थ्य बीमामा जम्मा गरौँ : स्वास्थ्यमन्त्री

लोकपथ
2.2k
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राज्यकोष तथा निजी क्षेत्रबाट तलब खानेहरूको तलबको २ प्रतिशत रकम कट्टा गरेर स्वास्थ्य बीमा कोषमा जम्मा गर्ने प्रणालीको विकास गर्ने प्रस्ताव अघि सारेका छन् । 

प्रतिनिधि सभाको बुधबारको बैठकमा स्वास्थ्य बीमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै यस्तो प्रस्ताव गरेका हुन् । राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्म सबैले तलबको २ प्रतिशत रकम स्वास्थ्य बीमा कोषमा योगदान गर्ने प्रणालीको विकास गर्नु जरुरी रहेको बताए । मन्त्री पौडेलले नागरिकको आर्थिक हैसियतको आधारमा प्रगतिशील प्रिमियम लागू गर्न जरुरी रहेको समेत बताए । 

उनले गरिबीको रेखामुनि रहेका नागरिकको प्रिमियम सरकारले तिरेर स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । सामाजिक सुरक्षा कोषले बीमासम्बन्धी दायित्वलाई थेग्न नसकेको भन्दै यसको लागि अलग्गै कोष बनाउनुपर्ने बताए । सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बीमामा जोडिने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?