विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति अखिल क्रान्तिकारीका रोहित यादवले जितेका छन् । क्रान्तिकारीका उम्मेदवार रोहित यादवले १११८ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेविसंघका प्रज्वलजंग विष्टले १०७५ मत प्राप्त गरेका छन् । तेस्रो भएका अखिलका अनिश बोगटीले जम्मा २३२ मत पाएका छन् । निर्वाचनमा कुल २६३१ मत खसेको थियो ।
सचिवमा भने नेविसंघकी सुदीक्षा थापा मगर ७४१ मतसहित विजयी भएकी छन् । कोषाध्यक्षमा पनि नेविसंघकै रोशनकुमार पासवानले ६६ मतान्तरले विजयी भए । पासवानले ८९३ मत पाउँदा अखिल क्रान्तिकारीका राजिव यादवले ८२७ मत पाएका छन् भने अखिलका मन्दिप पोखरेलले ५८१ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया