काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन लागेका हुन् ।
यसैगरी, बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल र निर्णयका लागि प्रस्ताव पेस गर्नेछन् । साथै, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि पनि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सांसदहरूलाई समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउन शून्य समय पनि प्रदान गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया