धनगढी । कैलालीमा १५ वर्षीया मानसिक रूपमा सुस्त किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय एक किशोर पक्राउ परेका छन्।
बुधबार साँझ कैलारी गाउँपालिका-८ मा बस्ने किशोरले ती किशोरीमाथि जबरजस्ती करणी गरेको भन्ने सूचना आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले किशोरलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।
पीडित किशोरीलाई स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया