मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-८ स्थित पूर्वपश्चिम राजमार्गमा बिहीबार बिहान ग्यास बुलेट र ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको छ।
बिहान करिब ७:१५ बजे वीरगन्जबाट धार्केतर्फ जाँदै गरेको भारतीय ग्यास बुलेट एनएल ०१ एए ५००७० र विपरीत दिशाबाट आएको ट्रक ग १ ख ९४८१० एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनाका कारण ग्यास बुलेट सडक किनारमा पल्टिएको भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया