सिन्धुपाल्चोकबाट नेपालमा कारोबार वर्जित ठूलो परिमाणमा विद्युतीय भेप बरामद

लोकपथ
4.7k
Shares

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रबाट गएराति प्रहरीले ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) बरामद गरेको छ । चीनको तातोपानी नाका हुँदै भित्रिएको गाडीबाट सिन्धुपाल्चोक प्रहरीले ७४० पिस भेप बरामद गरेको हो । 

नेपालमा भेपको कारोबार वर्जित छ ।

बाह्रबिसे प्रहरी क्षेत्रअन्तर्गतको खुर्सानीबारी अस्थायी प्रहरी पोष्टले गाडी चेकजाँचको क्रममा सो परिमाणको भेप बरामद गरेको हो ।

प्रहरीद्वारा बरामद भेपमा साना–ठूला बट्टामा प्याकिङ गरिएको अवस्थाका ७४० पिस रहेको छ । 

उक्त भेपलाई राजश्व कार्यालयको जिम्मा लगाइने तयारी भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?