जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टामै प्रश्नपत्र ‘आउट’

लोकपथ
5.6k
Shares

काठमाडौं । जनकपुरमा माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु भएको एक घण्टा नबित्दै अङ्ग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ ।

एक परीक्षा केन्द्रबाट सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएको हो । तर कुन केन्द्रबाट बाहिरिएको हो भन्ने भने खुलेको छैन ।

आजबाट यस वर्षको एसईई परीक्षा सुरु भएको छ । आज अंग्रेजी विषयको परीक्षा भइरहेको छ ।

केही छिटपुट घटना बाहेक एसईई परीक्षा शान्त वातावरण भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?