मधेसका महिलाहरूलाई अवसर दिन जरुरी : उपसभामुख राना

लोकपथ
91
Shares
फाइल तस्बिर

काठमाडौं । उपसभामुख इन्दिरा रानाले मधेसका महिलाहरूलाई अवसर दिन जरुरी रहेको बताएकी छन् । बिहीबार काठमाडौंमा मधेसी आयोगको छैटौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले मधेसका हरेक महिलालाई अवसरको खाँचो रहेको बताइन् । उनले जातीय कुराले मधेसमा केही समस्या बढाइरहेको भन्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेको उल्लेख गरे ।

उनले मधेसमा छिटै विवाह गर्ने परम्परा रहेकाले त्यसलाई तोडेर आफ्नै खुट्टामा उभिन सक्ने भएपछि विवाह गर्नुपर्ने बताइन् । जातिको कुरा गर्नेलाई दण्ड दिनुपर्ने उनको भनाइ छ । 

उपसभामुख रानाले भनिन्, ‘आज मधेसका हरेक महिलालाई अपच्र्युनिटी दिनुपर्छ । अहिले पनि जातीय कुराले हामीलाई समस्या पारेको छ । मधेसमा जातको कारणले गर्दा मधेसमा छिटै बिहे गर्ने चलन छ । अहिले क्रिमिनलाइज भयो भन्ने छ । क्रिमिनलाइज हुन दिनु भएन । जसले जातिको कुरा गर्दछ, उसलाई दण्ड दिनुपर्छ । राम्रोसँग आयोगले, पुलिस प्रशासनले राम्रोसँग केयर गर्नुपर्छ ।’

उपसभामुख रानाले मानवतामा प्रश्न चिन्ह आउने कुराहरू तोड्न जरुरी रहेको बताइन्  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?