बास्कोटाको प्रश्न : धुलोले विद्यार्थीको आँखा टालिन्छ, अनि कसरी एसईई दिन्छन् ?

लोकपथ
749
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले साँगादेखि धुलिखेलसम्मको सडकको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका बास्कोटाले सो क्षेत्रमा २४ सै घण्टा धुलो उड्ने गरेको बताए । साथै अहिले एसईई परीक्षा आजबाट सुरु भएको तर विद्यार्थीहरु धुलोको मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

‘अहिले कोरिबाटी गरेर विद्यार्थीहरुलाई स्कुल पठाउने कुरा हुन्छ, तर साँगादेखि धुलिखेलसम्म २४ सै घण्टा धुलो उड्छ । अनि एसईई परीक्षा दिन जाने विद्यार्थीहरु स्कुल पुग्दा आँखा नदेख्ने अवस्था हुन्छन् र उनीहरुले जाँच कसरी दिन्छन्,’ उनको प्रश्न थियो ।

त्यस्तै उनले सो बाटोमा धुलोको कारण धेरै दुर्घटना हुने गरेको समेत बताए । साथै सो बाटोको धुलो नियन्त्रणका लागि दैनिक दुईपटक पानी हाल्नुपर्ने माग गरे ।

त्यस्तै बेथानचोक गाउँपालिकाको ३ र ५ नम्बर वडामा आगलागी सुरु भएको र त्यो फैलिने क्रममा रहेको भन्दै त्यसको नियन्त्रणका लागि राज्य चनाखो बन्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?