बलात्कार आरोपित १९ वर्षीय थुनुवा पाटन अस्पतालबाट फरार

लोकपथ
1.3k
Shares

काठमाडौं । ललितपुरको पाटन अस्पतालबाट बलात्कार मुद्दाका एक थुनुवा फरार भएका छन् । उपचारका लागि लगिएका ती थुनुवा पाटन अस्पतालको शौचालयको झ्यालबाट हाम फालेर भागेको प्रहरीले जनाएको छ । 

भाग्ने थुनुवामा अछाम घर भएका दीपक साउद छन् । बिरामी भएपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो । सो क्रममा शौचालय जाने भनेर छिरेका उनी दिउँसो ११ बजेतिर फरार भएको प्रहरीले जनाएको छ । 

प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरहरि रेग्मीले शौचालय जाने निहुँ बनाएर उनी भागेको र खोजी भइरहेको बताए । 

प्रहरीका अनुसार, १९ वर्षीय साउद १७ वर्षीया किशोरीसँग लिभिङ टुगेदरमा बस्दै आएका थिए । किशोरीले केही समयअघि बच्चासमेत जन्माएकी थिइन् ।

आफूलाई बेवास्ता गर्न थालेपछि १७ वर्षीया किशोरीकी आमाले साउदविरुद्ध बलात्कार जाहेरी दिएकी थिइन् । त्यसपछि साउद पक्राउ परेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?