दाँत स्वास्थ्यबारे सामाजिक बुझाइमा परिवर्तन गरौँ : स्वास्थ्य मन्त्री

लोकपथ
42
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले दाँत स्वास्थ्यका बारेमा सामाजिक बुझाई परिवर्तन गर्नुपर्ने बताएका छन् ।  

बिहीबार काठमाडौंमा आयोजित ‘नेपालमा मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौतीहरू’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले बिग्रिएका दाँतहरू कस्मेटिक पद्दतीबाट मिलाउने कार्यलाई दाँतको स्वास्थ्यसँग जोडेर आमसर्वसाधारण भ्रममा परेको बताए । उनले शरीर स्वस्थ राख्नका लागि दाँत स्वस्थ राख्नुपर्नेमा जोड दिए ।

दाँत उपचारका लागि अस्पताल, उपकरण तथा जनशक्तिको अनिवार्य आवश्यकता हुने उनको भनाइ छ  । मन्त्री पौडेलले नेपालमा दाँत सम्बन्धी जनशक्तिको उत्पादन भइरहे पनि समाजले दाँत स्वास्थ्यका बारेमा नबुझेका कारण चिकित्सकहरू विदेश पलायन हुनुपरेको बताए ।

उत्पादित जनशक्तिले नेपालमै सेवा दिने व्यवस्था मिलाउनका लागि समाजले  उक्त विषयको आवश्यकता महसुस गर्नुपर्ने उनको भनाइ छ । मन्त्री पौडेलले देशभरका सबै संघीय अस्पतालमा दाँतको दरबन्दीको व्यवस्था गरी उपचार इकाइ बनाउने प्रतिबद्धता जनाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?