नेपाल–चीनबीचका १४ वटा व्यापारिक नाका सञ्चालनमै छन् : प्रधानमन्त्री ओली

लोकपथ
287
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन बीचको १४ वटा परम्परागत व्यापारिक नाकाहरूमध्ये १३ नाका पुनः सञ्चालनमा आइसकेको बताएका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा उनले यस्तो बताएका हुन्  ।

उनले बझाङ जिल्लाको उरैभञ्ज्याङ सुचारु गर्नका लागि कूटनीतिक पहल भइरहेको बताए  । उनले सीमा नाका रहेको जिल्लाका नेपाली नागरिकलाई चीन आवगमनका लागि अनुमति पत्र उपलब्ध गराउन कार्यविधिसमेत कार्यान्वयनमा आइसकेको उनको भनाइ छ । व्यापारिक नाका सञ्चालन तथा सीमा व्यवस्थापनबारे सन् २०१९ मै नेपाल र चीनबीच हस्ताक्षर भएको उनको भनाइ छ ।

उनले भने, ‘नेपाल–चीनको सिमानामा रहेका १४ स्थानमा रहेका परम्परागत व्यापारिक नाकाहरू पुनः सञ्चालन गर्ने सीमा व्यवस्थापन सम्बन्धमा नेपाल र चीनबीच सन् २०१९ मा हस्ताक्षर भएको ब्यहोरा जानकारी गराउँदछु । सोही बमोजिम चीनसँग सीमा जोडिएको जिल्लाका नेपाली नागरिकहरूलाई चीन आवगमन गर्न अनुमति पत्र उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइएको छ । प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचका  १४ नाकाहरू मध्ये उरैभञ्ज्याङ, बझाङरहेको छ । सो नाका सुचारु गर्न सम्बन्धित निकायहरूसँग समन्वय एवं कूटनीति तवरमा पहल भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले नाका सञ्चालनमै रहे पनि हिउँ परेका कारण अस्थायी रूपमा केही नाकाबाट आवागमन हुन नसकेको हुनसक्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?