जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

लोकपथ
1.2k
Shares

बझाङ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सूर्मा गाउँपालिका-४ घर भई जयपृथ्वी नगरपालिका-९ डेरा गरी बस्ने २१ वर्षीय पवन बोहरा रहेका छन् । 

पवनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई बुधबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?