विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

लोकपथ
1.2k
Shares

काठमाडौं । विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १९ जनालाई प्रहरीले  पक्राउ गरेको छ । 

टोखा नगरपालिका-३ सूर्य दर्शन हाइट डेरा गरी बस्ने नुवाकोट म्यागङ गाउँपालिका-२ घर भएकी ४४ वर्षीया कुलमाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत १० जनालाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७८ हजार रुपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं, टोखा नगरपालिका-८ गैरीगाउँ बस्ने अमृता खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?