देशमा सुशासन पटक्कै छैन : डा.शेखर कोइराला

लोकपथ
147
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले देशमा सुशासन नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा आयोजित गिरिजाप्रसाद र लोकतन्त्र विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाली कांग्रेस अहिले सरकारमा रहेको तर सुशासन नरहेको बताए । उनले सरकार आफूलाई मन लागे योग्यताको आधारमा नभए मन परेको आधारमा कर्मचारी नियुक्ति गर्ने काममा लागेको आरोप लगाए । 

सांसद कोइरालाले सरकारलाई खबरदारी गर्ने जिम्मेवारी आफूहरूको भएको बताए । नेपाल अप्ठ्यारोमा परेको र अबका दिनमा कुनै पनि पार्टीको पछि नलाग्ने उनको भनाइ छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?