काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालले शिक्षाको क्षेत्रमा छलाङ मारेको भए पनि सन्तोष गर्ने अवस्था नरहेको बताएका छन् ।
बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षामा छलाङ मार्दा पनि सन्तोष हुन नसक्नुमा देशमै विद्यार्थीलाई खुसीका साथ राख्न नसक्नु रहेको बताए ।
सरकारले आफ्ना युवाहरू स्वदेशमै राख्नसक्ने वातावरण सिर्जना गर्न जरुरी रहेका उनको भनाइ छ । प्रथम राष्ट्रपति यादवले आफ्नो देशको बारेमा सबै कुराको जानकारी राख्न जरुरी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया