स्वस्थ रहनका लागि खेलकुद आवश्यक : सभापति देउवा

लोकपथ
182
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वस्थ रहनका लागि खेलकुद आवश्यक रहेको बताएका छन् । 

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको खेलकुद विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले खेलकुद क्षेत्रलाई कांग्रेसले अझ अघि बढाउनुपर्ने बताए । खेलकुद क्षेत्र राष्ट्रकै लागि महत्त्वपूर्ण रहेको बताउँदै उनले स्वस्थ शरीरले मात्रै स्वस्थ मन र मानसिकता तयार पार्ने बताए । 

सभापति देउवाले खेलकुद क्षेत्रको विचार विमर्शले आगामी दिनमा खेल क्षेत्रको नीति नियम बनाउन मद्दत पुग्ने जिकिर गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?