समतामूलक समाज निर्माण गर्न संघीयता उपयुक्त थलो : सञ्चारमन्त्री गुरुङ

लोकपथ
105
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समतामूलक समाज निर्माणका लागि संघीयता उपयुक्त राज्य प्रणाली भएको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित ‘चेपाङ समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार’ विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले संघीय राज्य संरचनामार्फत आदिवासी तथा जनजातिहरूको आर्थिक, सांस्कृतिक तथा सामाजिक स्तर माथि उकास्न सकिने बताए ।

वर्गीय, क्षेत्रीयलगायत सबै किसिमका असमानता हटाउन संघीयता अभ्यासको उपयुक्त थलो भएको उनको भनाइ छ । उनले पिछडिएका तथा सीमान्तकृत वर्गलाई नीति निर्माण तहका साथै राज्यका विभिन्न निकायमा पुग्न संघीय संरचनाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

मन्त्री गुरुङले राष्ट्रिय एकता बलियो बनाउन संघीयता आवश्यक भएको बताए । संघीयता नबुझ्नेहरूले संघीयतालाई देश टुक्र्याएको भन्ने गरेको उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?