खाजाघरमा प्रेसर कुकर पड्किँदा सञ्चालक घाइते

लोकपथ
1.1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ लक्ष्मीनारायण आर्केड खाजाघरमा प्रेसर कुकर पड्किँदा खाजाघरका सञ्चालक घाइते भएका छन् । बिहीबार बिहान खाजाघरमा खाना पकाउने क्रममा प्रेसर कुकर पड्किँदा ३४ वर्षीय ज्ञानबहादुर श्रेष्ठ गम्भीर घाइते भएका हुन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ घर भई हाल खाजाघरमा सञ्चालन गर्दै आएका श्रेष्ठलाई उनका भाइ जितमान श्रेष्ठले तत्काल ट्रमा सेन्टर पुर्‍याएको प्रहरीले जनाएको छ । 

चिकित्सकका अनुसार श्रेष्ठको दाहिने खुट्टा भाँचिएको छ भने बायाँ हातमा गम्भीर चोट लागेको छ। यद्यपि, उनको अवस्था स्थिर रहेको र उनी बोल्न सक्ने अवस्थामा रहेको चिकित्सकले बताएका छन् ।

प्रहरी वृत्त जनसेवाका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?