खेलकुद क्षेत्रको बजेट कम छ : खेलकुदमन्त्री चौधरी

लोकपथ
175
Shares
फाइल तस्बिर

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रका लागि कम बजेट आउने गरेको र यसपल्ट पनि पुरानै खेल बजेटको निरन्तरता हुने देखिएको बताएका छन् । 

सानेपास्थित नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालयमा खेलकुद विभागको आयोजनामा भएको एक कार्यक्रममा खेलकुदमन्त्री चौधरीले नेपालको खेल क्षेत्र विकासका लागि आवश्यक पर्ने बजेट पाउन नसकिएको अवस्थामा आगामी वर्ष पनि पुरानै लगानीले निरन्तरता पाउने उल्लेख गरे । 

मन्त्री चौधरीले यसपल्ट पनि साढे तीन अर्बभन्दा बढी बजेट नरहेको उल्लेख गर्दै त्यसमा पनि धेरै बजेट प्रशासनिक खर्च रहेको बताए । कीर्तिपुरको टियु क्रिकेट मैदान वैशाख २४ गतेभित्र सकिने गरी काम भइरहेको मन्त्री चौधरीको भनाइ छ ।

मन्त्री चौधरीले विद्यालय तह र ग्रास रुटमा खेलकुदलाई समावेश गर्न सके नेपालको खेल क्षेत्र विकास सम्भव रहेको बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?