काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बिहान ११ बजे पुनरावेदनका लागि निवेदन दर्ता गर्ने पाटन उच्च अदालत जाने भएका छन् ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले माघ ३ गते दिएको आदेशविरुद्ध पुनरावेदन निवेदन दर्ता गर्न उनी अदालत जान लागेका हुन् ।
लामिछानेले कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकमसम्बन्धी सुनुवाइमा आफू असहमत रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया