नेविसंघ र अखिल–अखिल क्रान्तिकारीको गठबन्धनलाई पराजित गर्दै पिकेमा भूपिको इतिहास

लोकपथ
2.1k
Shares

काठमाडौं । बागबजारमा रहेको पद्मकन्या क्याम्पसमा स्वतन्त्र समूहबाट उम्मेदवार बनेकी भूपि ऐर प्यानलसहित स्ववियु सभापतिमा निर्वाचित भएकी छन् ।

चैत ७ गते बिहीबार पद्मकन्या (पिके) मा स्ववियु निर्वाचन भएको थियो । आज आएको निर्वाचन परीणाम अनुसार भूपिले निकटतम प्रतिद्धन्दी नेविसंघकी पूर्णिमाया परियारलाई पराजित गरेकी हुन् ।

भूपीले ७३० मत पाएर स्ववियु सभापतिमा निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी नेविसंघकी पूर्णिमाया परियारले ३७९ मत पाइन् ।

नेविसंघको दुई समूहबीच विवाद देखिँदा चैत ५ गतेको निर्वाचन चैत ७ गतेका लािग सारिएको थियो । नेविसंघबाट ऐर र परियार दुवैको उम्मेदवारी परेपछि निर्वाचन समितिमा नेविसंघसँग आधिकारिकता माग गरेको थियो । अध्यक्ष दुजाङ शेर्पाले ऐरलाई नै आधिकारिक उम्मेदवार भन्दै पत्र लेखेको थियो । तर निर्वाचन समितिले पुनः परियार नै आधिकारिक उम्मेदवार बताएपछि परियार आधिकारिक उम्मेदवार बन्दा ऐर भने नेविसंघको बागी उम्मेदवार बनेर स्वतन्त्र समूहबाट प्रतिष्पर्धा गरेकी थिइन् ।

भुपी प्यानलकै सन्ध्या बस्याल ६९५ मतसहित र कोषाध्यक्षमा संकल्पिका थापा ६६६ मत सहित निर्वाचित भएकी छन् । सचिव पदमा निकटतम प्रतिस्पर्धी विपना न्यौपानेले ३६१ र कोषाध्यक्ष पदकी निकटतम प्रतिस्पर्धी चाँदनी शाहले ४०५ मत पाइन् ।

सदस्यहरुमा उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता विक, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की र यानसु कटुवाल विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

त्यहाँ एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले तालमेल गरेर निर्वाचन लडेका थिए ।
सभापतिमा अनेरास्ववियुकी सुनिता घिमिरे उम्मेदवार थिइन् । सचिवमा भने अखिल क्रान्तिकारीकी सदीक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा राईको उम्मेदवारी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?