पाटन अस्पतालको शौचालयबाट भागेका बलात्कार आरोपी कञ्चनपुरबाट समातिए

लोकपथ
1.1k
Shares

काठमाडौं । शौचालय जाने बहानामा ललितपुरको पाटन अस्पतालबाट भागेका थुनुवालाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गर्न सफल भएको छ ।

उनलाई गएराति कञ्चनपुरस्थित गड्डाचौकी नाका नजिकै आफन्तको घरमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका अछामका १९ वर्षीय दीपक साउदलाई प्रहरीले बुधबार उपचारका लागि पाटन अस्पताल लगेको थियो ।

शौचालय गएका उनी शौचालयको झ्यालबाटै भागेका थिए । साउदमाथि १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप छ । सो आरोपमा उनी १८ दिनदेखि प्रहरी हिरासतमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?