काठमाडौं । गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई गृह मन्त्रालय तानेको छ ।
गृह मन्त्रालयले आज शुक्रबार बिहान दाहाललाई गृहमा तानेर कपिलवस्तुमा रहेका विश्वप्रकाश अर्याललाई सिराहाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।
स्रोतका अनुसार, औरही गाउँपालिका–५ स्थित दीपक मल्लिकको घर भत्काइएको घटनामा हेलचक्र्याइँ गरेको भन्दै दाहाललाई मन्त्रालय तानिएको हो ।
गृहमन्त्री रमेश लेखकले यस घटनाको छानबिन गर्न आईजीपी दीपक थापालाई निर्देशनसमेत दिएका छन् । औरही गाउँपालिका–५ मा आगामी चैत १७ गतेदेखि महायज्ञ हुँदैछ । यसका लागि मल्लिकको घर भत्काइएको छ । महायज्ञका लागि घर उनको घर भत्काइएको भन्दै यसबारे सर्वत्र विरोध भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया