राष्ट्रिय उत्पादनमा जोड दिन प्रधानमन्त्री ओलीको आग्रह

लोकपथ
112
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय उत्पादनमा जोड दिन आग्रह गरेका छन्  । 

शुक्रबार काठमाडौंमा आयोजित उद्योग व्यवसायी महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले उद्योग व्यवसायको स्थिति धेरै राम्रो नभए पनि राम्रोतर्फ उन्मुख भइरहेको बताए । उनले सरकारले व्यवसायसम्बन्धी नीतिहरू पनि सोहीअनुसार अघि बढाइरहेको बताए । 

राष्ट्रिय उत्पादनमा जोड दिँदै देशका लागि आवश्यक उपभोग्य वस्तुहरू आफैँ तयार गर्न सके र आत्मनिर्भर बन्नसके देशलाई अगाडि लैजान सकिने जिकिर गरे । 

प्रधानमन्त्री ओलीले नेपालीले आफ्ना उत्पादनहरू प्रयोग गर्ने बानी बसाउनुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?