काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस एशोसिएसनबीच सम्झौता भएको छ ।
शुक्रबार काठमाडौंमा भएको सम्झौतामा नेपाल निर्माण व्यवसायी महासंघ (फक्यान) को तर्फबाट अध्यक्ष रवि सिंहले हस्ताक्षर गरे भने चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस एशोसिएसन (चिनका) को तर्फबाट फाङ किउचेनले हस्ताक्षर गरेका हुन् ।
चीन–नेपालबीच सहकार्यको माध्यमबाट नेपालको भौतिक पूर्वाधार क्षेत्रमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले दुईदेशबीच एमओयु भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले बताए ।
चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस एशोसिएसन (चिनका) को तर्फबाट फाङ किउचेनले एमओयूले दुई देशबीच सहकार्य स्थापना गर्न बाटो खुलेको बताए ।
सम्झौताले दुवै देशका व्यावसायिक संस्थाहरूलाई नजिकबाट मिलेर काम गर्ने अवसर दिने उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया