छाउपडी प्रथा अन्त्य गर्न ७७५ छाउगोठ भत्काइएको मन्त्रीको सुडीको दाबी

लोकपथ
294
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिसोर शाह सुडीले छाउपडी अन्त्य गर्न कर्णाली र सुदूरपश्चिममा विभिन्न जिल्लाका ७ सय ७५ छाउगोठ भत्काइएको बताएका छन् । 

शुक्रबारको राष्ट्रिय सभा बैठकमा मर्यादित महिनावारीसम्बन्धी संकल्प प्रस्तावमाथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री सुडीले यस्तो बताएका छन्  । उनकाअनुसार कर्णाली प्रदेशको जाजरकोटमा एक, कालिकोटमा १५, सुर्खेतमा २९७ तथा सुदूरपश्चिमी प्रदेशको बझाङमा २०, कैलालीमा ६९, बाजुरामा १६८ र अछाममा २२१ गरी जम्मा ७७५  छाउगोठ भत्काइएका हुन् । 

छाउगोठमा बस्ने र बस्न लगाउनेहरुलाई कानुनी दायरामा ल्याउने प्रयास गरिएको उनको भनाइ छ । उनले समुदाय–प्रहरी साझेदारीमार्फत महिला हिंसा र छाउपडी कुप्रथाविरुद्धको अभियानलाई उच्च प्राथमिकता दिई कार्यक्रम सञ्चालन गरिएको बताए । महिनावारीमा गर्ने भेदभाव, विभेद र शोषण तथा अन्यायको अन्त्य गरी सुसज्जन समाज निर्माणको लागि मर्यादित महिनावारीसम्बन्धी निर्देशिकाको मस्यौदा तयार पारिएको समेत दाबी गरे । 

उनले गृह मन्त्रालयले समेत चालु आर्थिक वर्षमा छाउपडी प्रथाको अवस्थाबारे अध्ययन गरी प्रतिवेदन पेस गरेको उल्लेख गर्दै उनले महिनावारीसम्बन्धी कानुनलाई समयसापेक्ष बनाउने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?