आईएमई लाइफ इन्स्योरेन्सले पायो आईएसओको मान्यता

लोकपथ
154
Shares

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ISO® 9001:2015 मान्यता प्राप्त कम्पनी भएको छ ।

अन्तर्राष्ट्रिय मानकिकरण संगठन (ISO®) द्वारा प्रदान गरिने ISO® 9001:2015सर्टिफिकेसनले कम्पनीमा गुणस्तर व्यवस्थापन प्रणाली (QMS)का लागि आवश्यक अवधारणाहरूको अवलम्बन गरिएको हो । 

उक्त मान्यता प्राप्त गर्ने सीमित बीमा कम्पनीहरू मध्ये एक भएकोले कम्पनीप्रति ग्राहकको विश्वसनीयता बढ्नुका साथै कर्मचारीहरू र अभिकर्ताहरूमा निरन्तर गुणस्तरीय सेवा प्रदान गर्ने ऊर्जा थपेको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले नेपालको जीवन बीमा क्षेत्रमा पृथक पहिचान कायम गर्न नेतृत्व विकास, ग्राहक सेवा र सम्बन्ध व्यवस्थापन लगायतका क्षेत्रहरूमा रणनैतिक विकास र डिजिटाइजेसन एवम् अटोमेसनको माध्यमबाट प्रक्रियागत सुधार गरी दिगो विकासमा आई एमई लाइफ लागिरहेको बताए ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?