काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले परिवर्तन भएका कानुनलाई कार्यान्वयनमा लैजान सरकारले जोड दिनुपर्ने बताएका छन् ।
शुक्रबार राष्ट्रिय उद्योग तथा व्यवसाय महासंघको अधिवेशनमा बोल्दै उनले परिवर्तन भएका कानुनलाई कार्यान्वयन गरी सरकारले नीतिगत स्थायित्वको प्रतिबद्धता दिनुपर्ने बताएका हुन् ।
वर्तमान सरकारले अवरोध मानिएका कानुनमा सुधार गरेर व्यावसायिक वातावरण बनाउन खोजेको निर्णय स्थायी रूपमा राख्न पनि स्थायित्व आवश्यक भएको बताएका हुन् ।
अध्यक्ष ढकालले सरकारले कानुनमा संशोधन गरेर अगाडि सारेको व्यवस्था तुरुन्त कार्यान्वयन गर्न आवश्यक रहेको बताए । नेपालमा राम्रा कानुन र व्यवस्था भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा कसैले लाभ लिन नसकेको सत्यलाई सबैले बुझ्न जरुरी रहेको बताए ।
नीतिगत स्थायित्व भए नेपालमा नेपालभित्रकै पुँजी र लगानीले धेरै काम गर्ने वातावरण बन्ने पनि बताए । सरकारले व्यावसायिक वातावरण बिथोल्ने पक्षलाई समयमै चिन्नुपर्ने पनि बताए ।
विभिन्न समयमा व्यवसायी र उद्योग प्रतिष्ठानमा हुने अवरोध र अवाञ्छित क्रियाकलापहरूले नेपालमा लगानी गरेर गल्ती गरियो की भन्ने सोच आउन थालेको गुनासो गरे। व्यवसायीले उद्योग प्रतिष्ठान सञ्चालन गर्न लिएको जोखिम र हिम्मतलाई कसैले नजरअन्दाज गर्न नहुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया