काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले २०८३ को मंसिर मसान्तसम्म कांग्रेसको अधिवेशन हुन नसके नेपाली कांग्रेस कमजोर बन्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेसको अधिवेशन २०८३ मंसिर मसान्तसम्म भएन भने नेपाली कांग्रेस कमजोर हुँदै जाने भन्दै त्यसमा ध्यान दिन आग्रह गरे ।
उनले आफूहरूले समयमै अधिवेशन हुनुपर्छ भनेर आवाज नउठाए कसैले उठाउन नसक्ने बताए । सामाजिक सञ्जालमा २०८३ को मंसिर मसान्तसम्म महाधिवेशन हुनुपर्छ भनेर लेख्न आफू निकट नेता/कार्यकर्ताहरूलाई निर्देशन दिए । सबैले दबाब दिए पार्टीले थेग्न नसक्ने जिकिर गरे ।
सांसद कोइरालाले सबैले साथ दिएको खण्डमा नेपाल बनाउन सकिने बताए । देश विकासका लागि नेपाली कांग्रेस एक ढिक्का हुन जरुरी रहेको बताए । उनले पार्टी सभापति शेरबहादुर देउवा र आफूबीचमा कुनै तिक्तत नरहेको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया