विश्वविद्यालयको कुलपतिमा प्राज्ञिक व्यक्ति चयन गर्नुपर्नेमा सांसदहरूकाे जोड

लोकपथ
175
Shares

काठमाडौं । विश्वविद्यालयको कुलपतिमा खुला प्रतिष्पर्धाबाट प्राज्ञिक व्यक्ति चयन गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शुक्रबार भएको छलफलका क्रममा सांसदहरूले यस्तो धारणा राखेका हुन् । योग्यताका आधारमा विश्वविद्यालयको कुलपति चयन हुनुपर्ने उनीहरूको भनाइ छ ।

बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले विश्वविद्यालयको कुलपतिमा योग्यहरूमध्येबाट खुला प्रतिस्पर्धाको आधारमा चयन गर्ने कुरा स्थापित गर्नुपर्ने बताए  । उनले विश्वविद्यालयहरूको प्राज्ञञहरुको कार्यकारी भूमिका प्रतिस्पर्धाको आधारमा दिन सकेमात्रै उच्च शिक्षालाई सुधार गर्न जरुरी रहेको बताए ।

नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले एउटै प्रधानमन्त्रीले धेरै वटा विश्वविद्यालय हेर्न नसक्ने धारणा राखे । उनले राजाको पालामा दुई विश्वविद्यालय मात्र भए पनि डामाडोल स्थिति रहेको उल्लेख गर्दै अब त्यस बाटोमा जान नहुने धारणा राखे । उनले देशकोकार्यकारी प्रमुख कुलपति हुने व्यवस्था हटाउन जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?