काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालको लोकतान्त्रिक व्यवस्थाविरुद्ध भारत नरहेको बताएकी छन् ।
भारतको औपचारिक भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएकी हुन् ।
उनले भारतले नेपालको वर्तमान लोकतान्त्रिक प्रणाली नै चाहेको बताइन् । नेपालमा व्यवस्था परिवर्तनका लागि राजतन्त्रवादीहरूको गतिविधि भइरहेकोप्रति भारत बेखबर नरहेको उनको भनाइ छ ।
उनले भारतका विदेश मन्त्री, ऊर्जा मन्त्री लयागतसँगको कुराकानीमा नेपालको सरकार परिवर्तन वा व्यवस्था परिवर्तन भारतले नचाहेको दाबी गरिन् ।
परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा विभिन्न देशका विदेशमन्त्रीहरुसँग भएको दुई पक्षीय भेटवार्तामा नेपालले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् लगायत विभिन्न परिषद्मा दिएको उम्मेदवारीमा सहयोग गर्न आग्रह गरेको बताइन् ।
नेपालको उम्मेदवारीप्रति धेरैले सकारात्मक जवाफ दिएको उनको भनाइ छ । पराराष्ट्रमन्त्री राणाले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटको पहल नगरेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया