काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह शाहवंशीय राजाहरुको उद्गमस्थल गोरखा प्रस्थान गरेका छन् ।
शुक्रबार ज्ञानेन्द्र नुवाकोट हुँदै गोरखा प्रस्थान गरेका हुन् । छहरे–टोखा हुँदै नुवाकोट पुगेका ज्ञानेन्द्रले नुवाकोटका नागरिकहरुसँग साक्षात्कार गरेका थिए । बट्टारमा रहेको होटेल वाटर टावरमा केहीबेर बसेको थिए । उनी सडकमार्गबाटै गोरखातिर लागेका हुन् ।
यसै साता गोरखाको गोरखनाथ र मनकामना मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको ज्ञानेन्द्रका संवादसचिव फणिराज पाठकले जानकारी दिएका छन् । ज्ञानेन्द्र केही समय गोरखामा नै रहने बताइएको छ ।
गण्डकी प्रदेशका केही जिल्लामा रहेको धार्मिक क्षेत्रको भ्रमण गरी पूर्वराजा ज्ञानेन्द्र फागुन २५ गते काठमाडौं फर्किएका थिए । विमानस्थलमा भव्य स्वागत गरिएपछि त्यसलाई चासोका साथ हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया