ठूलो परिमाणको गाँजासहित दुई जना पक्राउ

लोकपथ
2.8k
Shares

झापा । सशस्त्र प्रहरी बलले एक हजार ६३६ किलो गाँजासहित झापाबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सो परिमाणको गाँजासहित बुद्ध शान्ति गाउँपालिका–४ मेची राजमार्गबाट दुई  ट्रकसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो । 

इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको ट्रकबाट सशस्त्र प्रहरी बलको टोलीले शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल  १ बराह बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँले जानकारी दिए। 

पक्राउ पर्नेमा धनकुटाको शहिदभूमि नगरपालिका–४ का महेश राई र इलामको माईजोगाई गाउँपालिका–२ का गङ्गाबहादुर बस्नेत रहेका छन् ।

प्रहरीले जाँच गर्दा ट्रकमा ५७ बोरामा राखेर ल्याउँदै गरेको गाँजा बरामद गरेको हो । प्रहरीले उनीहरूको साथबाट  ८७ हजार र पाँच थान मोबाइल समेत बरामद गरेको छ । उनीहरूलाई ट्रकसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?