५ दिनदेखि बेपत्ता युवक मृत फेला

लोकपथ
1.8k
Shares

तनहुँ । तनहुँमा पाँच दिनदेखि बेपत्ता गोरखाका एक युवक मृत फेला परेका छन् । ऑबुखैरेनी गाउँपालिका–२ एक्लेफॉटस्थित मर्स्याङ्दी नदीमा आज ती युवक मृत फेला परेका हुन । 

मृत फेला पर्नेमा गोरखाको ९ किलो घर भएका ३० वर्षीय राहुल कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए । 

एक्लेफॉटस्थित ऐना होटेलमा काम गर्ने कुमाल यही चैत ५ गतेदेखि बेपत्ता थिए । सशस्त्र प्रहरी बल मनकामना गण भानुको टोलीले खोजतलास गर्ने क्रममा उनको शव फेला पारेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?