काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पानीको सही सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हासिल गर्नसक्ने बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पानीको सही सदुपयोगमा लाग्नु आजको आवश्यकता भएको उल्लेख गरे । उनले पानी दैनिक जीवनको मात्र नभई आर्थिक समृद्धिको वाहक भएको बताए ।
पानीको प्रयोग गरेर देशलाई समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको उनको भनाइ छ । उर्जामन्त्री खड्काले जलश्रोतहरू नेपालको संस्कृति, सभ्यता र आर्थिक विकासको मेरुदण्ड भएको जिकिर गरे । जलवायु परिवर्तनका कारण विश्व पानी चक्रमा नै परिवर्तन आएको र हिमनदीहरू खुम्चिँदै जानुले हिमताल फुट्ने जोखिम वृद्धि भएको बताए ।
मन्त्री खड्काले बेमौसमी वर्षाले कृषि क्षेत्रमा धेरै असर पुगेको र त्यसले जलश्रोत व्यवस्थापन र भविष्यको जल सुरक्षामा गम्भीर चुनौती उत्पन्न गरेको बताए । जलश्रोत रणनीतिको लागि राज्यले आवश्यक योजना बनाउन जरुरी रहेको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया