काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपाललाई खानेपानी व्यवस्थापनको सफल नमुना राष्ट्र बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । विश्व खानेपानी दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले खानेपानी व्यवस्थापनमा रणनीतिक योजनामार्फत विज्ञसँग छलफल गरी बजेटमा प्रभावकारी नीति तथा कार्यक्रमको व्यवस्था गरिने बताए ।
उनले नेपाल जलस्रोतमा धनी भए पनि उचित व्यवस्थापनमा कमजोर र चुनौतीपूर्ण रहेको बताए । उनले खानेपानीमा फड्को मार्ने गरी विकास साझेदार र विभिन्न दातृनिकायहरुसँग सहकार्य गर्ने बताए । सुरक्षित खानेपानी तथा सर सफाइलाई सुनिश्ति तथा दीगो बनाउने रणनीतिअन्तर्गत निजी क्षेत्र तथा गैरसरकारी संस्थाहरूसँग सहकार्यको तयारी भई रहेको उनको भनाइ छ ।
मन्त्री यादवले नेपालमा खानेपानी लाई मानव अधिकारको रूपमा सुनिश्चित गर्न संवैधानिक अधिकारको रूपमा व्यवस्था गरिएको बताएका छन् । संविधानमा भएको व्यवस्थालाई व्यावहारिक कार्यान्वयनमा थप सुधारको आवश्यक भएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया