नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व जल दिवसको अवसरमा पानी संरक्षण र दिगो विकास प्रवर्द्धन गर्ने भारतको प्रतिबद्धतालाई दोहोर्याएका छन् ।
शनिबार पानीको महत्वलाई प्रकाश पार्दै प्रधानमन्त्री मोदीले भावी पुस्ताका लागि जल स्रोतको संरक्षण गर्न आग्रहसहित सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका हुन् ।
यसैबिच, जलशक्ति मन्त्रालय पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय र हरियाणा सरकारको सहकार्यमा विश्व जल दिवसको अवसरमा शनिबार ‘जल शक्ति अभियान : ‘जलको सञ्चय–२०२५’ सुरु गर्ने तयारी गरेको छ । जलशक्ति मन्त्रालयका अनुसार अभियानले ‘पानी संरक्षणका लागि तीव्र सामुदायिक पहल’माथि जोड दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया