दक्षिण ढोका–मूलपानी बाटो खोल्न प्रयास गर्ने रक्षामन्त्रीको प्रतिबद्धता

लोकपथ
2k
Shares

काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपाल ट्रस्टको कार्यालय अन्तर्गतको गोकर्ण वनको पर्खालभित्र रहेको सडक खोल्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

गोकर्णेश्वर नगरपालिका–४ मा रहेको वन क्षेत्रको अवलोकनपछि त्यहाँ बनाइएको पर्खाल हटाएर सडक खोल्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

गोकर्णेश्वर नगरपालिकाले लामो समयदेखि यो सडक खोल्न माग गर्दै आएको छ । यो सडक खुलेमा स्थानीयवासीलाई गोकर्णेश्वर मन्दिर क्षेत्रबाट दक्षिण ढोका र मूलपानी पुग्न सहज हुनेछ । गोकर्ण वनको पर्खाल धेरै ठाउँमा भत्किए पनि काँडेतारले बाटो छेकिएको छ । 

 पर्खालभित्रको सडक नखोलिएकै कारण यस क्षेत्रमा बागमतीको कोरिडोर पनि खुल्न सकेको छैन । यो सडक खुलेमा गोकर्ण ड्याममाथिको क्षेत्रमा हुने जामबाट स्थानीयवासीले राहत पाउने वडा नं ४ का अध्यक्ष जयराम महतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?