काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रिप्रसाद पाण्डेले चलचित्र उद्योग सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अरू उद्योग जस्तै चलचित्र उद्योग पनि समस्यामा रहेको बताउँदै समग्रमा देशको अर्थतन्त्रमा नै प्रभाव पारेको जिकिर गरे ।
उनले अतिरिक्त खर्च गर्ने क्षेत्र चलचित्र भएकाले अहिलेको देशको आर्थिक अवस्था हेरेर पनि चलचित्र क्षेत्र समस्यामा रहेको बुझ्न सकिने बताए । उनले चलचित्र उद्योग विगतको तुलनामा धेरै विकसित भएको बताए ।
मन्त्री पाण्डेले गुणस्तरीय चलचित्र निर्माण गर्न सके चलचित्र क्षेत्रको भविष्य उज्ज्वल रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया