क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए

लोकपथ
497
Shares

जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिकामा क्रिकेट खेल्न गएका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । 

गाउँपालिका– ४ का श्रवण यादवका १० वर्षीय छोरा आलोक कुमारको डुबेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालले जानकारी दिए । 

गाउँका साथीहरूसँग सोही पालिका–३ स्थित वनमा रहेको एउटा खेतमा बनाइएको क्रिकेट मैदानमा खेल्न गएका आलोको खेल मैदान नजिकैको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?