काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पछि समाजले धेरै फड्को मारेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षाको स्थिति पनि विगतको भन्दा देशमा धेरै नै राम्रो रहेको बताए ।
उनले नेपालको शिक्षामा गुणस्तरीयता नरहेको कतिपयले भन्ने गरेको भए पनि त्यसमा सत्यता नरहेको बताए । उनले सबैले सकारात्मक सोच राखेर अघि बढ्ने हो भने सफलता हासिल हुने दाबी गरे ।
उपप्रधानमन्त्री सिंहले अहिले पाएका अवसर सदुपयोग गरेर अघि बढ्नु नै सबैका लागि हितकारी हुने जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया