आफ्नो सीमा बुझ्न पूर्व राजा ज्ञानेन्द्रलाई निधीको चेतावनी

लोकपथ
791
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले राजतन्त्र अब नफर्किने बताएका छन्  । 

जनकपुरमा आयोजित एक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले नेपालमा राजतन्त्र फर्किन्छ भनेर प्रचार गरिएको भए पनि अब राजतन्त्र र राणातन्त्र फर्किन सम्भव नरहेको बताए । 

उनले अरू देशमा राजतन्त्रको अन्त्य हुँदा कस्तो दुर्गति भएको छ भन्ने कुरा आफ्नो सीमालाई तत्कालीन राजाले बुझ्नुपर्ने बताए । उनले नेपालको अन्तिम राजा ज्ञानेन्द्र शाह भएको भन्दै गणतन्त्रको जग बलियो भएकाले कसैले हल्लाउन नसक्ने जिकिर गरे ।

सांसद निधीले देशको मालिक जनता भएकाले व्यक्ति देशको मालिक बन्न नसक्ने उनको भनाइ  छ । उनले सार्वभौम सत्ता अब जनतामा निहित रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?