सत्तामा पुग्नेहरूले गरेकाे विकृतिका कारण लोकतान्त्रिक गणतन्त्रको बदनाम भयो : झलनाथ खनाल

लोकपथ
273
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले शासन सत्तामा पुग्नेहरूले गरेका विकृतिका कारण लोकतान्त्रिक गणतन्त्रको बदनाम भएको बताए । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आम सर्वसाधारणको जीवनयापन उकास्न तथा देशमै उद्योगधन्दा स्थापना गरी रोजगारीको व्यवस्था गर्न २०६२/०६३ को क्रान्ति भएको बताए । 

उनले क्रान्तिमार्फत जनताले गरेको आशा र भरोषामाथि सत्तामा पुग्नेहरूले वास्ता नगरेको आरोप लगाए । नेताहरू दलाल पूँजीपतिहरुको दलाली गर्ने र कमिसनतन्त्रमा रमाउन थालेकाले लोकतन्त्रमाथि अनेक किसिमको प्रहार हुन थालेको उनको भनाइ छ ।  

पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले राज्यसत्तामा हुनेहरूको नीतिहीनता र अकर्मण्यका कारण देशमा प्रतिगमणकारी शक्तिहरू सल्बलाउने मौका पाएको बताए । उनले सबै किसिमका प्रतिगमनकारीहरूलाई परास्त गरी देशलाई आमूल परिवर्तनको दिशामा लैजान तत्काल पहलकदमी थाल्नुपर्नेमा जोड दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?