धनगढीमा ग्यास सिलिन्डर विष्फोटमा घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

लोकपथ
973
Shares

धनगढी । धनगढीमा ग्यास सिलिन्डर विष्फोट हुँदा गम्भीर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–६ मट्यारीकी ३६ वर्षीया मिना खड्काको शनिबार काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार सोही घटनामा परेर घाइते भएकी उनकी २० वर्षीया छोरी चन्द्रा खड्का र ४० वर्षीय स्थानीय ग्यास व्यापारी गोविन्दराज जोशीको काठमाडौंमै उपचार भइरहेको छ ।

२ चैतमा गते जोशीको पसलबाट ग्यास ल्याएकी खड्काले सिलिन्डर जडान गर्न पनि जोशीलाई घरमै बोलाएकी थिइन् । सिलिन्डर जडान गर्ने क्रममा एक्कासी पड्किएपछि उनीहरु तीनै जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?