कञ्चनपुरमा ट्याक्टर र स्कुटर ठोक्किँदा एकको मृत्यु

लोकपथ
1.3k
Shares

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ मा ट्याक्टर र स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। म १ त १०२० नम्बरको ट्याक्टरसँग सुपप्र ०२–००३ प ६७३२ नम्बरको स्कुटी ठोक्किँदा स्कुटर पछाडि सवार ४० वर्षीय प्रेम गिरीको मृत्यु भएको हो ।   

प्रहरीका अनुसार दुर्घटनाबाट गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल पुर्‍याइएपछि थप उपचारका लागि भारतको भोजीपुरा रेफर थियो । तर भारत लैजानुअघि नै चिकित्सकले गिरीलाई मृत घोषणा गरेका थिए ।

स्कुटर चालक सोही ठाउँ बस्ने ४२ वर्षीय सन्तोष कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?